संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले दुई देशबीच उपलब्धिजनक सम्झौता नहुने बुझेरै भारत भ्रमणमा नगएको बताएका छन्।
काठमाडौंमा खिजिदेम्बा हुँदै नयाँ पर्यटन पथमार्ग शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले आफूले हेलिकप्टर पनि नचढ्ने र दुई देशबीचको सम्झौता उपलब्धिमुलक नहुने भए विदेश भ्रमण नजाने प्रण गरेको बताए।
उनले ओखलढुंगाको खिजिदेम्बामा गल्फले पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको बताए।
‘हेलिकप्टर चढिएन? भयो के? यतिसम्म भयो कि ठूला व्यापारी धनाढ्य घरानाले त उडाउने नै भए। कति हो कति हुँदो रहेछ, पर्यटन मन्त्रालय उड्नुपर्ने’, उनले भने, ‘७० वटा जति देशबाट त निमन्त्रणा आयो। भ्रमण पनि जान्न भन्दिएँ।’
उनले उपलब्धिमुलक नहुने भएपछि आफू भारत भ्रमण पनि नगएको जानकारी दिएका छन्।
‘दुई देशबीच गतिलो सम्झौता हुँदैन भने विदेश पनि नजाने। त्यसैले यसपालि इण्डिया पनि नगएको’, उनले भने, ‘खासमा पर्यटनमन्त्री त सवारीमन्त्री हो नि, जानुपर्थ्यो, तर गएर केही हुँदैन, आफ्नै भूमिका केही हुँदैन भने किन जाने? ठूलो मान्छे भयो नभन्नुहोला, त्यहाँका मानिसले।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही जेठ १७ देखि २१ सम्म भारत भ्रमणमा जाँदा मन्त्री किरातीमातहतका कुनै सम्झौता हुन सकेनन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ जेठ २०८०, २० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुकुम्वासी व्यवस्थापन र प्रशासनिक शैलीबारे सुदन किराँतीको टिप्पणी
सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा
प्रलोपाको अध्यक्ष परिषदबाट सुदन किराँतीले दिए राजीनामा
माओवादी रूपान्तरणका लागि सुदनले सुझाए ५ विकल्प
अग्रज पुस्ता पार्टी नेतृत्वबाट बिदा नभए बिद्रोह हुन्छ: सुदन किराँती
‘समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान थालौँ’: सुदन किराती