चितवन। नेकपा (एमाले) चितवनका युवा नेता प्रकाश ढुंगानाले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । पार्टीको जिल्ला कमिटी बैठकले ढुंगानालाई प्रमुखको जिम्मेवारी दिएको हो ।
नेकपा एमाले चितवनको उपसचिव समेत रहेका ढुंगाना चितवनका लोकप्रिय युवा नेताको रुपमा परिचित छन् । युवा संघको गाँउ कमिटी अध्यक्षबाट राजनीति सुरु गरेका ढुंगाना युवा संघको जिल्ला अध्यक्ष, केन्द्रीय सचिवालय सदस्य, पार्टीको जिल्ला सदस्य हुँदै उपसचिव सम्मको जिम्मेवारीमा पुगेका छन् । उनि युथफोर्स चितवनको संस्थापक समेत हुन् । पार्टीलाई थप सशक्त बनाउँदै जनतासंग जोड्न प्रचारविभाग मार्फत भूमिका खेल्ने ढुंगानाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ जेठ २०८०, १७ : ०४
लेखकबाट थप