लु लाग्ने सम्भावना छ, आवश्यक सतर्कता अपनाउनुहोला :चितवन प्रशासन कार्यालय

सफल खबर संवाददाता

मंगलबार, २३ जेठ २०८०, १५ : ४६
लु लाग्ने सम्भावना छ, आवश्यक सतर्कता अपनाउनुहोला :चितवन प्रशासन कार्यालय

चितवन। जिल्ला प्रशासन कार्यालयले चितवनसहित तराईका जिल्लाहरुमा लु (तातो हावा) लाग्ने सम्भावना भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ।प्रशासनले आज एक सूचना गरी तापक्रम निरन्तर वृद्धि भइरहेकोले तातो हावा लु लाग्ने सम्भावना रहेको भन्दै सतर्कताको लागि अनुरोध गरेको हो ।

प्रशासनले जल तथा मौसम विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको अनुसार तापक्रम वृद्धि भएसँगै लु लाग्ने सम्भावना रहेको भन्दै अत्यधिक गर्मीबाट बच्न सतर्कता अपनाउन भनेको छ । प्रशासनलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्तकताको लागि पत्र पठाएपछि जनस्वास्थ्यको लागि यो सूचना जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस