खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु

सफल खबर संवाददाता

मंगलबार, २३ जेठ २०८०, १५ : ३३
खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु

धनगढी । खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ । मंगलबार एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मेलनको उद्घाटन गरेका हुन् ।सम्मेलनमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, कांग्रेस नेता रमेश लेखक, एमाले नेता भीम रावल तथा भारतीय धार्मिक गुरु रामदेव र आचार्य बालकृष्णलगायतको उपस्थिति छ ।

तीन दिनसम्म चल्ने सम्मेलन सुदूरपश्चिम प्रदेश सरकार, पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समिति र स्थानीय तहको समन्वयमा आयोजना गरिएको हो ।

सम्मेलनको दोस्रो दिन योगाध्यासका साथसाथै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं इतिहासविद् डा.राजाराम सुवेदीले खप्तडको धार्मिक र पर्यटन सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहको छ ।सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा पहिलो पटक आयोजना गरिएको हो । आन्तरिक एवं बाह्य पर्यटकलाई बढवा दिन आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस