प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

सफल खबर संवाददाता

मंगलबार, २३ जेठ २०८०, ११ : २२
प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७६ विन्दुले बढेको छ । यससँगै सूचक १९०२.७५ विन्दुमा आएको छ ।४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल ९ कम्पनीको ९८ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा ७ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।