यू-२० महिला टोली म्यानमार पुग्यो

सफल खबर संवाददाता

सोमबार, २२ जेठ २०८०, २० : ५५
यू-२० महिला टोली म्यानमार पुग्यो

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणका लागि नेपाली महिला टोली म्यानमार पुगेको छ ।आइतबार राति त्यसतर्फ प्रस्थान गरेको नेपाली टोली सोमबार दिउँसो म्यानमारको याङगोन पुगेको हो ।

छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा चीन, म्यानमार र चाईनिज ताइपे रहेका छन् ।छनोटका लागि मुख्य प्रशिक्षक याम गुरुङले २३ सदस्सीय टोलीको घोषणा गरिसकेका छन्।

प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो । समूह ‘बी’मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो ।

दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्ने छ  ।उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू-२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस