बजेटलाई सघाउने गरी मौद्रिक नीति ल्याउँछौं : गभर्नर अधिकारी

सफल खबर संवाददाता

सोमबार, २२ जेठ २०८०, २० : २६
बजेटलाई सघाउने गरी मौद्रिक नीति ल्याउँछौं : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रशाद अधिकारीले बजेटमा आएको कुरा कार्यान्वयन गर्ने खालको मौद्रिक नीति आउने बताएका छन्। उनले मौद्रिक नीति समग्र आर्थिक क्षेत्रको विकासलाई सहज हुने खालको ल्याइने बताएका छन्।

सोमबार काठमाडौँमा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको  कार्यक्रममा बोल्दै बजेट सिलिङ बारेको प्रश्नको बारेमा सम्पूर्ण निकायमा छलफल भएको उनले बताए।

यसैगरी, नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले आगामी आवका लागि ल्याएको बजेटको प्रशंसा गरेका छन् ।  सरकारले राम्रो बजेट ल्याएको भन्दै त्यसलाई राष्ट्र बैंकले कार्यान्वयनमा सहयोग गर्नेगरी मौद्रिक नीति ल्याउने बताए ।

गभर्नर अधिकारीले बजेटको सिलिङमा अघिल्ला वर्षभन्दा यो वर्ष निकै छलफल भएको बताए । यो पटकको बजेटले अर्थतन्त्रमा देखिएको शिथिलता कम गर्ने लक्ष्य राखेको उनले बताए । यो वर्षमा राजस्वमा परेको दबाब न्यून गर्न धेरै काम भएको बताए ।

उनले बजेटमा औद्योगिक क्षेत्र बनाउने, सहुलियतपूर्ण कर्जा रिस्टक्चर गर्ने, सहकारीको समस्या समाधान गर्ने, नियमन गर्न विशिष्टीकृत नियमन खोल्ने विषय पनि समावेश भएको बताए  ।  

उनले बजेटले भने जस्तो मूल्यवृद्धि साढे ६ प्रतिशतका राख्ने लक्ष्य पुरा हुन गाह्रो हुने भएपनि त्यसलाई सहयोग हुनेगरी मौद्रिक नीति लिने बताए । उनले सरकारले लिएको लक्ष्य पूरा गर्नेगरी मौद्रिक नीति ल्याउने बताए ।

त्यही अनुसार राष्ट्र बैंकले सुझाव मागेको बताए । कतिपय अवस्थामा सुझाव लिने तर नीति आफू अनुकूल ल्याउने गरेको आलोचना भएको स्मरण समेत उनले गरे । 

प्रतिक्रिया दिनुहोस