काठमाडौं । आफ्नै विद्यालयका बालबालिकामाथि यौन दुरुपयोग गरेको आरोपमा पक्राउ परेका मदन राई धरौटीमा रिहा भएका छन् । खोटाङको ‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापकसमेत रहेका राईलाई सोमबार जिल्ला अदालत खोटाङका न्यायाधीश सुवासबाबु पुरीको इजलाशले धरौटीमा रिहा गर्न आदेश दिएको हो।
धरौटीमा रिहा भएका राईसँग चार लाख धरौटी माग गरिएको छ । धरौटी बुझाएसँगै राई रिहा भइसकेका छन् । फाउन्डेसनमा ७ वर्षदेखि बस्दै आएकी १६ वर्षीया एक किशोरीले यौन उनीविरुद्ध दुव्र्यवहारको उजुरी दिएपछि ७५ वर्षीय राई पक्राउ परेका थिए ।
राईविरुद्ध पीडितले आफूमाथि पटकपटक शरीरमा हातले छोएको, यौन सम्पर्क सिकाइदिन्छु भनेर प्रस्ताव राखेको, आफ्नो गुप्तांग छुन लगाएकोलगायत विभिन्न आरोपहरु लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ जेठ २०८०, २० : ०१
लेखकबाट थप