काठमाडौं। नेपाली कांग्रेसले भदौको अन्तिम साता नीति महाधिवेशन गर्ने भएको छ । महामन्त्री गगन थापाले नीति महाधिवेशन भदौको अन्तिममा गर्न लागिएको जानकारी गराएका छन्।
नेपाली कांग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिलाई प्रशिक्षण दिन दाङ पुगेका महामहान्त्री थापाले भने,‘हामी भदौको मसान्तमा नीति महाधिवेशन गर्छौ । नीति महाधिवेशनबाट पार्टीका महत्वपूर्ण निर्णयहरु गर्छौं।’
महाधिवेशन सकिएको ६ महिना पछि नीति महाधिवेशन गर्ने भनिएपनि हालसम्म मिति तोकिएको छैन । महाधिवेशन सकिएको डेढ वर्ष वितेको छ । प्रशिक्षण कार्यक्रम सुरु हुनु अघि थापाले राप्ति गाउँपालिकामा स्थानीय नेता कार्यकर्तासँग छलफल क्रममा उनले उक्त कुरा गरेका हुन् ।
महामन्त्री थापाले भदौ अघि नै भ्रातृ संस्थाको पूर्णता, विभाग गठन लगायतका काम सकिने बताए । नागरिकका आँखाबाट हेर्दा संगठन निर्माणको अर्थ नरहने उनले बताए । ‘नागरिकका लागि हामी भित्रको कुरा पनि ठिक बनाउनु छ । सँगसँगै बाहिरबाट हेरिदा पनि हामी ठिक देखिनु छ,’ महामन्त्री थापाले भने ।
कांग्रेस बाँच्नुको आधार मर्न तयार हुने तर सिद्धान्तमा सम्झौता तयार नहुने कारणले भएको थापाले सुनाए। पछिल्लो समय सरकारका लागि कांग्रेस जे पनि गर्ने पार्टीका रुपमा चित्रित भएको थापाको भनाई छ। ‘जोसँग पनि मिल्छ, जे पनि गर्छ । नहुने कुरा पनि गर्छ भन्ने हुँदै गएको छ, थापाले भने,‘हाम्रा केही गलत क्रियाकलापले होला । यो कुराहरु सच्याएनौं भने पार्टीको बैठक मात्रै सच्याएर हुँदैन।’
दाङको लमहीमा सोमबार कांग्रेसले लुम्बिनी प्रदेशमा स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण राखेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ जेठ २०८०, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति
एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैन: गगन थापा
धनगढी पुगे गगन
प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा
लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो : सभापति थापा