काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले प्रधानमन्त्री प्रचण्डलाई भेटेर धन्यवाद दिएको छ । संघका उपाध्यक्ष आर.के शर्माको नेतृत्वमा सोमबार गएको प्रतिनिधिमण्डलले नागरिकता विधेयक प्रमाणीकरणका लागि सहयोग गरेको भन्दै धन्यवाद दिएको हो ।
भेटमा एनआरएनएको टोलीले ‘नेपालको संविधान २०७२’ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग खुलेको भन्दै खुसी व्यक्त गरेका थिए ।
भेटका क्रममा उपाध्यक्ष शर्माले गैरआवासीय नेपालीहरुको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको लागि वातावरण तयार भएको र यथाशीघ्र कार्यविधि बनाइ कार्यान्वयनको चरणमा पुयाउनु पर्ने बताए ।
उनले विश्वभरि रहेका नेपालीहरुलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपाल भित्र्याउन थप दायित्वबोध भएको पनि बताए ।प्रधानमन्त्री प्रचण्डले लामो रस्साकस्सीपछि नागरिकता विधेयक प्रमाणीकरण भएको बताउँदै नागरिकतासम्बन्धी कार्यविधि तथा नियमावली बनाउने कार्यको थालनी भएको बताए ।
एक पटकको नेपालीले सधैं नेपाली भइरहन र नेपालको समृद्धिमा सहकार्य गर्न चाहेको विषयले विगतदेखि नै आफ्नो मन छोएको उनको भनाइ थियो । भेटमा एनआरएनएको टोलीले पोर्चुगल, माल्टा र इराकमा यथाशक्य छिटो दूतावास स्थापना गरी त्यहाँ रहेका नेपालीहरुका समस्या समाधानका लागि पनि सरकारको ध्यानाकर्षण गराएको थियो ।
संघका उपाध्यक्ष आर. के शर्मा, संस्थापक भीम उदास, टि. बि कार्की (पूर्व उपाध्यक्ष), गोविन्दप्रसाद गौतम (सचिव), अब्दुल वासिद (युवा संयोजक), लोक तिवारी (युएसए), भीमसेन थापा (पोर्चुगल), बन्दना शर्मा (कतार), रुद्र शर्मा (दक्षिण कोरिया), सरोज दाहाल र रवि किरण अधिकारी (प्रमुख कार्यकारी अधिकृत)लगायतको टोलीले भेटवार्ता गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ जेठ २०८०, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपूर्वमा रहेका नेपाली नागरिकको राहतका लागि एनआरएनएद्वारा १ करोड रुपैयाँको कोष स्थापना
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
एनआरएनए अध्यक्षमा ३ जनाको उम्मेदवारी
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा