काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाँदैछन् ।
अदालतमा मुद्धा खेपिरहेका लामिछाने जान पाउने कि नपाउने भन्ने अन्यौलता कायम रहिरहेको बेला अन्ततः प्रशिक्षक मोन्टी देशाइसँगै उनी आज दक्षिण अफ्रिका जान लागेका हुन ।
काठमाडाैं जिल्ला अदालतमा नाबालिग बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर लामिछानेलाई ‘अपबाद’ का रुपमा लामो समय तारिख स्थगित गर्दै उनको दक्षिण अफ्रिका र जिम्बाब्वे यात्रा पक्का भएको हो। अब उनको तारिख २९ असारमा राखिएकाे छ ।
लामिछानेका कानुन ब्यबसायिले महत्वपूर्ण अन्तराष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै लामो समयका लागि तारिख तोकिनु पर्ने भन्दै भन्दै निवेदन दिएपछि अदालतले असार २९ काे तारिख दिएको हो । जसकाकारण लामिछाने अब प्रतियोगिताभर तारिख बुझ्नका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनु पर्ने छैन ।
विश्वकप छनोट खेलेर स्वदेश फर्किएपछि उनले अदालतमा नेपाल फर्किएको जानकारी गराउनेछन् भने २९ असारमा तारिख बुझे पछि त्यसको अर्को साता पेसी तोकेर सुनुवाई सुरु गरिने गरी अदालतले ब्यवस्था मिलाएको छ ।
लामिछाने आज प्रशिक्षक देसाईसँगै राती २ बजे अफ्रिका जाने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ जेठ २०८०, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल टी-२० खेल्न सन्दीप लामिछाने क्यानडा प्रस्थान
वेस्ट इन्डिज पुगेर सन्दीपले भने- आफ्नो र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु
सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा सहभागी हुने
'सरकार र आईसीसीबाट पहल गर्दा पनि सन्दीपलाई दिएन अमेरिकाले भिसा'
सन्दीप लामिछानेको भिसा पुनः अस्वीकृत
मेरो सपना पूरा नभएपनि देशको सपना पूरा भएको छ, खुसी छु : सन्दीप लामिछाने