ढाका । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले ‘लोकतान्त्रिक निर्वाचन प्रक्रियालाई कमजोर पार्ने उद्देश्यले’ बंगलादेशी नागरिकमाथि लगाइएको हालैको अमेरिकी भिसा प्रतिबन्धको आलोचना गरेकी छन् ।
“हामी अरूमा निर्भर हुने छैनौँ । कसले हामीलाई भिसा दिँदैन वा कसले प्रतिबन्ध लगाउने भन्ने चिन्ता गर्नुको कुनै अर्थ छैन,” हसिनाको यो टिप्पणी शनिबार युनाइटेड न्युज अफ बंगलादेशले उद्धृत गरेको छ ।
नयाँ नीतिअन्तर्गत बंगलादेशका वर्तमान र पूर्वअधिकारीहरू, सरकार समर्थक र विपक्षी राजनीतिक दलका सदस्यहरू, कानुन प्रवर्तन निकायका सदस्यहरू, न्यायपालिका र सुरक्षा सेवाका सदस्यहरूमाथि प्रतिबन्ध लगाइएको छ ।
यो नीति बंगलादेशमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण राष्ट्रिय चुनावलाई समर्थन गर्न बनाइएको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मे २४ मा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।प्रधानमन्त्री हसिनाले बंगलादेशमा अर्को आमचुनाव अवामी लिग सरकारअन्तर्गत हुने स्पष्ट गरिसकेकी छन् । अब चुनाव सन् २०२४ को प्रारम्भमा हुनेछ ।हालको सरकारले पूर्वप्रधानमन्त्री खालिदा जियाको बंगलादेश नेसनलिस्ट पार्टीबाट चुनौतीको सामना गर्नुपर्ने आकलन हुँदै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ जेठ २०८०, १६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा हिंसात्मक झडप, चार जनाको मृत्यु
अराजकताले सीमा नाघ्यो, देशको सार्वभौमसत्ता र स्वतन्त्र खतरामा छ : बंगलादेश सेना
भारतले बंगलादेशमा पठायो १६ हजार टन चामल
खालिदा जियालाई उपचारका लागि विशेष एयर एम्बुलेन्समा लण्डन लगियो
बंगलादेशमा एक वर्षभित्र निर्वाचन हुने
हसिनालाई फिर्ता पठाउन बंगलादेशले भारतलाई आग्रह गर्ने