ढाका । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले ‘लोकतान्त्रिक निर्वाचन प्रक्रियालाई कमजोर पार्ने उद्देश्यले’ बंगलादेशी नागरिकमाथि लगाइएको हालैको अमेरिकी भिसा प्रतिबन्धको आलोचना गरेकी छन् ।
“हामी अरूमा निर्भर हुने छैनौँ । कसले हामीलाई भिसा दिँदैन वा कसले प्रतिबन्ध लगाउने भन्ने चिन्ता गर्नुको कुनै अर्थ छैन,” हसिनाको यो टिप्पणी शनिबार युनाइटेड न्युज अफ बंगलादेशले उद्धृत गरेको छ ।
नयाँ नीतिअन्तर्गत बंगलादेशका वर्तमान र पूर्वअधिकारीहरू, सरकार समर्थक र विपक्षी राजनीतिक दलका सदस्यहरू, कानुन प्रवर्तन निकायका सदस्यहरू, न्यायपालिका र सुरक्षा सेवाका सदस्यहरूमाथि प्रतिबन्ध लगाइएको छ ।
यो नीति बंगलादेशमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण राष्ट्रिय चुनावलाई समर्थन गर्न बनाइएको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मे २४ मा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।प्रधानमन्त्री हसिनाले बंगलादेशमा अर्को आमचुनाव अवामी लिग सरकारअन्तर्गत हुने स्पष्ट गरिसकेकी छन् । अब चुनाव सन् २०२४ को प्रारम्भमा हुनेछ ।हालको सरकारले पूर्वप्रधानमन्त्री खालिदा जियाको बंगलादेश नेसनलिस्ट पार्टीबाट चुनौतीको सामना गर्नुपर्ने आकलन हुँदै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ जेठ २०८०, १६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज
बंगलादेशको निर्वाचनमा बीएनपीलाई बहुमत
बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
शेख हसिना भारत भागेपछि बंगलादेशमा आज पहिलोपटक मतदान हुँदै
बंगलादेश भोलि आम निर्वाचन, आधाभन्दा बढी मतदान केन्द्रमा हिंसाको जोखिम
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला