भोलि ११ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

सफल खबर संवाददाता

आइतबार, २१ जेठ २०८०, १५ : ३९
भोलि ११ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित विपक्षी दलहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको आजको संसद बैठक भोलि (सोमबार) विहान ११ बजे बस्नेगरि स्थिगित् भएको छ । संघीय संसद सचिवालयले सूचना टाँस गरेर आजको बैठक स्थगित् भएको र बैठक भोलि विहान ११ बजे बस्ने जनाएको हो ।

आज बैठक सुरु हुनासाथ एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध गरेका थिए । एमालेले भने प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा सिमा विवादबारे अघि सारेको विकल्पको पनि विरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस