काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभा बैठक पनि अवरुद्ध पारेको छ ।
बैठक सुरु भएलगत्तै बोल्ने समय माग गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा एमालेका सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्ने समय दिएका थिए । नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति आपत्ति जनाउँदै उनले सरकारले जवाफ दिनुपर्ने माग राखे ।
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले यथास्थानमा बसिदिन आग्रह गर्दा पनि सांसदहरु नबसेपछि २९ मिनेटका लागि बैठक स्थगित भएको जानकारी गराए । प्रतिनिधि सभाको बैठक पनि नेकपा एमाले, रास्वपा र राप्रपाका सांसदहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ जेठ २०८०, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत