काठमाडौं । संसद्मा भोलिदेखि सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ । प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । दोस्रो अधिवेशनको १७औँ बैठक बस्न लागेको हो ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व. २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसपछि बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै, बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० जेठ २०८०, २० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् अवरोधपछि रास्वपाले गरायो संसदीय नियमावलीको दफा ५० स्मरण
श्रम संस्कृती पार्टीले संसद्मा देखायो प्ले कार्ड
संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
संघीय संसद्को दुवै सदनको बैठक आज, यस्ता छन् कार्यसूची