काठमाडौं । संसद्मा भोलिदेखि सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ । प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । दोस्रो अधिवेशनको १७औँ बैठक बस्न लागेको हो ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व. २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसपछि बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै, बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० जेठ २०८०, २० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटन नगर्न बिन्ती गर्दै सीके राउतले अघि सारे सातबुँदे प्रस्ताव
संसद्को लाइभ बन्द हुने
प्रधानमन्त्रीको सम्बोधनमा रास्वपाले संसद् अवरोध नगर्ने
आज सङ्घीय संसद्का दुवै सदनकाे बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
संसद्को विधायन समितिले नागरिकता विधेयक अघि बढाउँदै
राप्रपा र रास्वपा आफ्ना कुरा राखेर आज पनि संसद् बैठकबाट बाहिरिए