बाजुरामा रुखबाट खसेर एक पुरुषको मृत्यु

रासस

शनिबार, २० जेठ २०८०, १४ : १२
बाजुरामा रुखबाट खसेर एक पुरुषको मृत्यु

बाजुरा ।  बाजुरामा रुखबाट खसेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ ढम्कनेका ४२  वर्षीय देवबहादुर धामी रहेका छन् । 

रुखको स्याउला काट्ने क्रममा धामी रुखबाट खसेका थिए । उनको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धामी गाउँ नजिकै कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका थिए ।