भक्तपुर। भक्तपुरको सल्लाघारी हनुमन्ते पुल नजिकै गुडिरहेको गाडीबाट खसेर शनिबार एकजनाको मृत्यु भएको छ ।राधेराधेबाट निकोसेरातर्फ जादै गरेको बा २१ च ५३०१ नं.को हात्ती गाडीमा पछाडि सवार हाल नामथर, वतन नखुलेको बर्ष अं. ४०/४५ की महिला गाडी गुडिरहेको अबस्थामा अचानक खसी मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनापछि गम्भीर घाईते भई उपचारको लागि डा. ईवामुरा अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनापछि सवारी चालक काभ्रे भुम्लु गाउँंपालिका ३ घर भई हाल ललितपुर ईमाडोल बस्ने बर्ष ३० को सूर्यबहादुर पहरीलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरू भएकाे छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० जेठ २०८०, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु