प्रचण्डको गेरुवस्त्रमा बाबुराम भट्टराईको टीप्पणी- देश कता जाँदैछ ?

सफल खबर संवाददाता

शनिबार, २० जेठ २०८०, ०९ : २८
प्रचण्डको गेरुवस्त्रमा बाबुराम भट्टराईको टीप्पणी- देश कता जाँदैछ ?

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सामाजिक सञ्जालमा भाइरल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिरलाई लिएर टीप्पणी गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री दाहालको गेरुवस्त्रलाई लिएर टीप्पणी गरेका हुन्।

नेता भट्टराईले फेसबुकमा लेखेका छन्, ‘हामी कता जाँदैछौँ, देश कता जाँदैछ?’

साथै उनले प्रचण्डसँगै परराष्ट्रमन्त्री एनपी साउँद, अर्थमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको तस्बिर पनि राखेका छन्।

प्रधानमन्त्री दाहालले शुक्रबार भारतको मध्य प्रदेशस्थित उज्जैनमा रहेको महाकाल मन्दिरको दर्शनका क्रममा ‘गेरुवस्त्र’ धारण गरी पूजापाठ गरेका थिए।

धर्मको विरोध गर्दै आएकाे माओवादी पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल गेरुवस्त्रमा देखिएपछि उनको टीप्पणी भएकाे हाे।

पहिलोपटक प्रधानमन्त्री हुँदा दाहालको भैँसी पूजा गरेको तस्बिर पनि सार्वजनिक भएको थियो।

प्रतिक्रिया दिनुहोस