काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले चीन नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्याउन जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन् । चीन भ्रमणबाट स्वदेश फर्किएपछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले एउटा असल छिमेकीको रुपमा चीन सहयोग गर्न तयार रहेको बताए ।
‘विश्व शान्तिका लागि चीनले जुन पहल गरेको छ । त्यसमा हाम्रो पहल कदमी हुन आवश्यक छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुखसँग भेट भयो । विभिन्न प्रान्तका सेक्रेटरीहरु र प्रान्तका सरकार प्रमुखहरुसँग भेट भयो’ सापकोटाले भने, ‘दुई पार्टीबीच सम्बन्ध विकास गर्ने सवालमा नियमित भ्रमण हुँदै आएको छ । हामीले गरेको यो १९ औं भ्रमण हो ।’
चीनले एउटा असल छिमेकीको रुपमा खुलस्त भनिदिएमा सहयोग गर्न सहज हुने उल्लेख गरेको सापकोटाले बताए । ‘चीनले विश्वलाई नै चकित पार्नेगरी विकास गरेको छ । गरिबी निवारणमा खेलेको भूमिका चमत्कारिक छ । चीनको आधुनिकरण बहुआयामिक छ’ उनले भने, ‘उनीहरुले गरेको विकास यो आधुनिकरण र नयाँ विश्व व्यवस्थाका लागि हो भन्ने गर्छन् । हेर्दा साच्चिँकै चीनले धेरै नै विकास गरेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ जेठ २०८०, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार अधिनायकवादतिर उन्मुख छ : अग्नि सापकोटा
देश झन् बर्बादीतिर गयो, समाजवादमा जानुको विकल्प छैन : अग्नि सापकोटा
स्थायी कमिटी बैठकपछि पार्टीभित्र अभूतपूर्व एकता कायम भएको छ: अग्नि सापकोटा
धेरै अनुनयविनय गरेपछि मात्रै प्रधानमन्त्री ओलीलाई भारतले निम्ता गरेको देखिन्छ: अग्नि सापकोटा
देशको नेतृत्वमा’ ‘प्रचण्ड’को विकल्प छैन, एमालेको शिर निहुरिसक्यो : अग्नि सापकोटा
सम्पादकीय : न्यायको नाममा पुनः द्वन्द्वको आगो सल्काउने दुस्साहस !