नेपालको सबै भन्दा सुरक्षित विधुत्तिय वालेट भनेकै "आइएमई पे ”

सफल खबर संवाददाता

शुक्रबार, १९ जेठ २०८०, १४ : ४०
नेपालको सबै भन्दा सुरक्षित विधुत्तिय वालेट भनेकै "आइएमई पे ”

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमईपे”ले हालै ‘सिसा पिसिआईडी एसएस’प्रमाणीकरण प्राप्त गरेको छ। यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै सबै भन्दा सुरक्षित तथा भरपर्दो विधुत्तिय भुक्तानी माध्यम बन्न सफल भएको छ।

आफ्नो स्थापनाकाल देखिनै सेवाग्रहीहरुको व्यक्तिगत जानकारी तथा विवरणहरुको विशेष सुरक्षा गर्दै आएको आइएमईपेले केही समययता सिसाइन्फरमेसन सेक्युरिटीमार्फत पिसि आईडी एसएसको मापदण्डहरु पुरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो।

सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात नविकरण गरिन्छ।यसै क्रममा यो वर्षपनि आइएमई पेले सिसापिसि आईडीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरु पुराएर नविकरण गरेको छ।आइएमईपेले अन्तरराष्ट्रियस्तरको सुरक्षा प्रदान गर्दै ग्राहकवर्गको निजी तथा संवेदनशील जानकारीहरुको गोपनियता कायम गर्नुको साथै डाटा उल्लङ्घन हुन बाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको हो।
 

प्रतिक्रिया दिनुहोस