काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध अमेरिकी डलरसहित एकजना पक्राउ परेका छन् ।
अवैध रुपमा बाह्यय मुलुकतर्फ लुकाई छिपाई लैजान लागेको ८ हजार ७ सय अमेरिकी डलरसहित धनुषा जनकपुर उपमहानगरपालिका–१ शिवपथ स्थायी वतन भएका ४६ वर्षीय सन्तोष कुमार चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नेपाल एयरलाईन्सको उडानबाट काठमाडौंबाट बैङलोर जान लागेका चौधरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त अमेरिकी डलरसहित पक्राउ गरिएको हो ।
उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ जेठ २०८०, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द
१ किलो सुनसहित भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइकर्मीको आन्दोलन, फोहरका थुप्रोले यात्रु हैरान
न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित
आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १६ घण्टा सञ्चालनमा आउने