मध्यप्रदेशका मुख्यमन्त्रीद्वारा इन्दौरमा प्रधानमन्त्री प्रचण्डको स्वागत

सफल खबर संवाददाता

शुक्रबार, १९ जेठ २०८०, ११ : ५५
मध्यप्रदेशका मुख्यमन्त्रीद्वारा इन्दौरमा प्रधानमन्त्री प्रचण्डको स्वागत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणको तेस्रो दिन मध्य प्रदेश राज्यको इन्दौर पुगेका छन् । उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले इन्दौर विमानस्थलमा स्वागत गरेका छन् ।

प्रचण्डको भ्रमणलाई केन्द्रित गरेर सहरको सुरक्षा व्यवस्था निकै कडा तुल्याइएको छ । इन्दौर विमानस्थलदेखि विजयनगरसम्मको सडक खाली गराएर प्रधानमन्त्री प्रचण्डको सवारी चलाइएको छ ।

महाकाल दर्शनका लागि उनी सुपर करिडोर, लवकुश चौराहा हुँदै स्थलमार्गबाट गएका छन् । प्रधानमन्त्री प्रचण्डको सुरक्षा व्यवस्थामा उज्जैनमा ७०० भन्दा बढी प्रहरी तैनाथ गरिएको छ । इन्दौरदेखि उज्जैनसम्म सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ ।

प्रतिक्रिया दिनुहोस