विपद् व्यवस्थापनको लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

सफल खबर संवाददाता

विहीबार, १८ जेठ २०८०, १९ : २७
विपद् व्यवस्थापनको लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्षा याममा हुने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन ।

बिहीवार चितवनस्थित कुरिनटारमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा गोताखोर तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिए । उनले वर्षायाममा बाढी, पहिरो र डुबानका समस्याहरु आउने भन्दै यसको व्यवस्थापनका लागि जुट्नुपर्ने बताए। उनले सशस्त्र प्रहरी बललाई विपद् व्यवथापनका लागि तयारी अवस्थामा रहन आग्रह गरे।

उनले विपद् व्यवस्थापनका लागि सर्वप्रथम मनको तयारी र संकल्पको आवश्यकता रहेको बताए । गृहमन्त्री श्रेष्ठले संगठनले दिएको जिम्मेवारी पूरा गर्दै सशस्त्रले विपद्को बेलामा जनताको सेवा गर्ने विश्वास व्यक्त गरे ।

उनले सशस्त्र प्रहरीले विगतमा विपद्को समयमा गरेको राहत र उद्दारको काम उदाहरणीय र प्रशंसनीय रहेको पनि बताए । उनले समयमै विपद् व्यवस्थापनका लागि आवश्यक तयारी गरेमा विपद्को जोखिम कम हुने भन्दै तयारीमा रहन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस