काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही हरि बुढामगरले देशको गौरव बढाएको बताएका छन् । धुम्बाराहीस्थित आफ्नै निवासमा आज आयोजित एक कार्यक्रमकाबीच पार्टीकोतर्फबाट आरोही बुढामगरलाई सम्मान गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । नेपालको पहिचानलाई विश्वभर प्रवर्द्धन हुने गरी साहसिक आरोहण गरेर कीर्तिमान कायम गरेको भन्दै बुढामगरलाई उनले धन्यवाद दिए ।
सभापति देउवाले बुढामगरको सफलता पार्टी, राष्ट्र र नेपाली जनताको लागि गौरवको कुरा हो भन्दै यो खुसीलाई आम नेपाली जनताको साथ र हौसला बढाएको बताए । “सगरमाथा आरोहण गरी बुढामगरले कीर्तिमान कायम गर्दै देशको गौरव र सान बढाउनुभएको छ ।
भोलिका दिनमा अझै कीर्तिमान थप्दै जानुस् मेरो पार्टी र सम्पूर्ण नेपाली जनताकातर्फबाट हार्दिक बधाई तथा शुभकामना धन्यवाद दिन चाहन्छु”, सभापति देउवाले भने ।उनले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे जनचेतना अभिवृद्धिमा भूमिका खेल्न आग्रह गरेका छन् । सो अवसरमा पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले बुढामगरलाई कदरसहित सम्मान र पार्टीको चारतारे झण्डा पनि प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ जेठ २०८०, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
संस्थापन टिमले स्वीकार गर्यो देउवाको आग्रह, पुसमा महाधिवेशन !