काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालजस्तो जल उत्पन्न जोखिम भएको देशमा आफ्नै गोताखोर जनशक्ति उत्पादन गरेर सशस्त्र प्रहरी बलले गौरवपूर्ण काम गरेको बताएका छन् । बिहीवार सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन शिक्षालयु कुरिनटारमा आयोजित गोताखोर तालिमको समापन समारोहमा बोल्दै उनले आफ्नै देशमा गोताखोर जनशक्ति उत्पादन गरेर सशस्त्र प्रहरीले गौरवपूर्ण काम गरेको बताएका हुन् ।

यो तालिम ठूलो योगदानको रूपमा अंकित हुनेछ, प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, जनताको सेवा गर्न सीपसहित आफूलाई तयार गर्नु सामान्य र सजिलो योगदान होइन।गण्डकी प्रदेश सरकार समेतको सहयोगमा २० जनाका लागि पाँच हप्तासम्म भएको सैद्धान्तिक एवम् प्रयोगात्मक तालिममा सशस्त्रका जवान गणेशबहादुर थापा प्रथम भएका छन्। सीपयुक्त गोताखोर उत्पादन गर्ने योजनाअन्तर्गत नेपालमा भएको यो तेस्रो तालिम हो। नेपालमै तालिम हुनुअघि बंगलादेशमा तालिम भएको थियो।
तर सामुन्द्रिक जल उत्पन्न प्रकोप बढी हुने बंगलादेशमा त्यही आधारको तालिम हुने गर्दथ्यो। नेपालमा भने बेगले बग्ने, चिसो बग्ने, बाढी आउने जस्ता जल उत्पन्न जोखिमलाई यहीँको आवश्यकता आधारको तालिम जरुरी थियो। यो तालिमको अभ्यास त्रिशुली लगायतका नदी र फेवातालमा भएको थियो।
अघिल्ला तालिमहरूमा विदेशी प्रशिक्षक समेत हुने गर्थे भने यसपटक नेपाली प्रशिक्षार्थी मात्रै थिए ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालका अनुसार अब सशस्त्र प्रहरीमा ७४ जना तालिम प्राप्त गोताखोर छन्। जल उत्पन्न प्रकोपका हालसम्मका २२७ घटनामा ३२ जनाको जीवितै उद्दार गरिएको छ भने २४४ जनाको मृत्यु भएको छ।
समारोहमा नदीमा मानिस डुबेमा आकस्मिक निकाल्ने वा खोज्ने अभ्यासबारे प्रशिक्षार्थीबाट डेमोन्स्ट्रेसनु प्रस्तुत गरिएको थियो। डुबेका या बगाएका मानिसलाई नदीको वा पानीको भित्री सतहसम्म पुगेर कसरी बचाउने, कसरी प्रारम्भिक उपचार गर्ने जस्ता सन्दर्भ प्रस्तुतिमा थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ जेठ २०८०, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणकाजी श्रेष्ठको दाबी ‘९ दलसँगको एकता कम्युनिस्ट पार्टी पुनर्गठनको कोशेढुंगा हुन्छ’
माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकता बृहत् पुनर्गठनको दृष्टिकोणबाट गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ
देश अप्ठेरो अवस्थामा छ, देशभक्त शक्तिहरू एकताबद्ध होऔँ’ : नारायणकाजी श्रेष्ठ
फागुन २१ को चुनावपछि विशेष महाधिवेशन गरौं: नारायणकाजी श्रेष्ठ
सरकारलाई सहयोग गर्दै घोषित मितिमा चुनावका लागि एकजुट हुन् नारायणकाजी श्रेष्ठको अनुरोध
‘जेन जेडको प्रदर्शनले भ्रष्ट राजनीतिबाट देशलाई मुक्त गराउनेछ’ : नारायणकाजी श्रेष्ठ