विराटनगरमा आज कार्गो रेल आउने

सफल खबर संवाददाता

विहीबार, १८ जेठ २०८०, ११ : १९
विराटनगरमा आज कार्गो रेल आउने

file-photo

काठमाडौं  । विराटनगर भन्सारमा आज कार्गो रेल आउँदैछ । आज भन्सारको कस्टम यार्डसम्म कार्गो रेल आउँन लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेपछि कार्गो रेल विराटनगर आउने जनाईएको छ ।

भारतको बथनाहाबाट मोरङको कटहरीसम्म कार्गो रेल सञ्चालन हुन सकेको छैन् । बथनाह–कटहरी रेलमार्ग निर्माण गर्ने क्रममा कटहरी गाउँपालिका १ मा जग्गाको मुआब्जा विवादका कारण काम रोकिएको हो । बथनाहादेखि विराटनगरको एकीकृत भन्सार जाँच चौकी आइसिपी सम्मको ७.६ किलोमिटर रेलमार्ग भने सञ्चालनको लागि तयारी छ ।

आज एक कार्यक्रमबीच कार्गोको स्वागतका लागि नेपाली उद्योग व्यवसायी बुधनगरस्थित कस्टम यार्ड पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस