एजेन्सी । जापान सरकारले अत्यधिक गर्मी बढेपछी गर्मीको सामना गर्न नयाँ कार्ययोजना लागू गरेको छ । कार्ययोजना अन्तर्गत सरकारले विशेषगरी वृद्धवृद्धाहरूलाई आवश्यक एयर कन्डिसनर प्रयोग गर्न र पर्याप्त पानी प्रयोग गर्न आह्वान गरेको हो ।
अत्यधिक गर्मीको समयमा घरभित्रै बस्न पनि आह्वान गरिएको छ । गर्मीबाट प्रभावित वर्गसँग वातावरण अनुकुल घर नभएको पाइएको छ । सरकारले विद्यालयका कक्षाकोठा र जिममा एयर कन्डिसनर जडान गर्न तथा बालबालिकालाई विद्यालय जाँदा सवारी साधनमा आवश्यक मापदण्ड पुरा गर्न पनि भनेको छ ।
गर्मीका कारण विगत पाँच वर्षको तथ्यांकमा वार्षिक एक हजार २ सय ९५ जनाको ज्यान जाने गरेको उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १७ जेठ २०८०, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानसँग नेपाल ८-० ले पराजित
सरकारप्रति जनताको विश्वास गुम्दै गएपछि जापानमा एकैपटक १३ मन्त्री परिवर्तन
जापानका प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गर्ने युवकविरुद्ध हत्या अभियोग
आयात प्रतिबन्ध तत्काल हटाउन जापानको माग
जापानमा जनसङ्ख्याको सङ्कट : गत वर्ष ८ लाखले घट्यो
इन्धन वार्ताका लागि जापानी प्रधानमन्त्री किशिदा कतारमा