एजेन्सी । जापान सरकारले अत्यधिक गर्मी बढेपछी गर्मीको सामना गर्न नयाँ कार्ययोजना लागू गरेको छ । कार्ययोजना अन्तर्गत सरकारले विशेषगरी वृद्धवृद्धाहरूलाई आवश्यक एयर कन्डिसनर प्रयोग गर्न र पर्याप्त पानी प्रयोग गर्न आह्वान गरेको हो ।
अत्यधिक गर्मीको समयमा घरभित्रै बस्न पनि आह्वान गरिएको छ । गर्मीबाट प्रभावित वर्गसँग वातावरण अनुकुल घर नभएको पाइएको छ । सरकारले विद्यालयका कक्षाकोठा र जिममा एयर कन्डिसनर जडान गर्न तथा बालबालिकालाई विद्यालय जाँदा सवारी साधनमा आवश्यक मापदण्ड पुरा गर्न पनि भनेको छ ।
गर्मीका कारण विगत पाँच वर्षको तथ्यांकमा वार्षिक एक हजार २ सय ९५ जनाको ज्यान जाने गरेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १७ जेठ २०८०, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा
आँधीले जापानमा उडान प्रभावित
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान