विश्वनाथ केडियाको जीवनीमा आधारित पुस्तक विमोचन

सफल खबर संवाददाता

मंगलबार, १६ जेठ २०८०, १३ : २८
विश्वनाथ केडियाको जीवनीमा आधारित पुस्तक विमोचन

काठमाडौँ । स्वर्गीय उद्योगपति, समाजसेवी, केडिया अर्गनाइजेशनका निर्देशक, साशील केडिया सेवा फाउण्डेशन फाउण्डेशनका तत्कालीन अध्यक्ष विश्वनाथ केडियाको जीवनीमा आधारित पुस्तक “अथक शान्त साधकः विश्वनाथ केडिया” विमोचन गरिएको छ । उपराष्ट्रपति रामसहाय यादवले होटल मेरियट नक्सालमा आयोजित एक भव्य समारोहबीच पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले केडियाले देश र समाजको लागि पुर्याउनु भएको योगदान उल्लेखनिय रहेको बताए । समारोहमा केडियाका छोरा रचित केडियाले हजुरबुवासंग आफूले बिताएका सुनौलो क्षणहरुको स्मरण गरे । विमोचन समारोह कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस