काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्ध युद्धनै छेड्नुपर्ने बताएका छन् । ठूल्ठूला भ्रष्टाचारीहरुलाई ‘ठूला माछा’को संज्ञा दिँदै मन्त्री किरातीले उनीहरुलाई पक्राउ गर्नका लागि पनि भ्रष्टाचार विरोधी अभियानलाई तीव्रता दिनुपर्ने बताए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनताको दबाबमा केही ठूला भ्रष्टाचारी पक्राउ परे पनि त्यसका नायकहरुलाई भने खोज्नुपर्ने बताए । मन्त्री किरातीले सहिदहरूमाथि अपमान हुन नदिन पनि भ्रष्टाचारविरुद्धको अभियानलाई गतिका साथ अघि बढाउनुपर्ने बताए । त्यस अवसरमा मन्त्री किरातीले मुलुकलाई समृद्धिको यात्रातर्फ अगाडि बढाउनका लागि ललितकलाको भूमिका महत्त्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ जेठ २०८०, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव र सुदन किरातीबिच भेटवार्ता
प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिविरुद्ध सशक्त प्रतिवाद गरौँ : सुदन किराती
पशुपति क्षेत्रसँगको विषयमा म निर्दोष प्रमाणित भएँ, बदनाम गर्नेप्रति दया लाग्छ: सुदन किराती
ओली गैरजिम्मेवार भए, प्रधानमन्त्री मान्न सकिँदैन : सुदन किराती
यथास्थितिमा वायुसेवा निगम सञ्चालन सम्भव छैन : सुदन किराती
यस्तो छ परामर्श समिति बैठकमा सुदन किरातीले पेश गरेको ६ बुँदे फरक प्रस्ताव (पूर्णपाठ)