राष्ट्रिय बिमा कम्पनीको साधारणसभा आह्वान

सफल खबर संवाददाता

सोमबार, १५ जेठ २०८०, ११ : ३४
राष्ट्रिय बिमा कम्पनीको साधारणसभा आह्वान

काठमाडौँ । राष्ट्रिय बिमा कम्पनीको जेठ ३१ गते साधारण सभा बस्ने भएको छ । सभा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा साविकको राष्ट्रिय बिमा संस्थानको को आर्थिक वर्ष २०६८/६९, २०६९/७० र २०७०/७१ र निर्जीवन बिमा विभागको आर्थिक वर्ष २०७०/७१, २०७१/७२ र २०७२/७३ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने एजेन्डा रहेको छ । 

यसपटक पनि कम्पनीले लाभांश वितरण भने नगर्ने भएको छ । तसर्थ, लगानीकर्ताको हात रित्तै हुने भएको छ । सभामा यी आर्थिक वर्षको प्रतिवेदन र सोही आर्थिक वर्षहरुको वासलात तथा नाफा नोक्सान सम्बन्धी प्रस्तावहरु पनि पेश गरिँदैछ ।

सर्वसाधारण सेयरधनीबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गर्नेछ ।यस मितिभन्दा अघिसम्म कायम रहेका  सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस