शब्दकोश परिमार्जन गर्दै प्रज्ञा प्रतिष्ठान, विवादित शब्द हटाइने

सफल खबर संवाददाता

शुक्रबार, १२ जेठ २०८०, १६ : ४४
शब्दकोश परिमार्जन गर्दै प्रज्ञा प्रतिष्ठान, विवादित शब्द हटाइने

काठमाडौं।नेपाल प्रज्ञा प्रतिष्ठानले बृहत् नेपाली शब्दकोश परिमार्जन गर्ने भएको छ । यसअघि छापिएको शब्दकोशमा विवादित शब्दहरू रहेको भन्दै प्रतिष्ठानले शब्दकोश परिमार्जन गर्ने निर्णय गरेको हो ।प्रतिष्ठानमा नयाँ नेतृत्व आएको सय दिन पुगेको अवसरमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका कुलपति भूपाल राईले शब्दकोशमा कुनै विवाद नआउनेगरी परिमार्जन गर्ने निर्णयमा पुगेको बताए । 

उनले बृहत् शब्दकोश परिमार्जनको लागि सामाजिक संस्था र सरोकारवाला निकायहरूसँग छलफलगरी समिति बनाएर काम अगाडि बढाउने बताए । हरेक वर्ष असार ९ गते हुने राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक, सहभागितामुलक र समावेशी बनाउने उनले बताए ।

प्रतिष्ठानले साहित्य पत्रिका र पत्रकारलाई दिने गरेको अनुदानको सट्टा दुई जना विशिष्ट साहित्य पत्रकारहरूलाई साहित्यिक पत्रकारिता राष्ट्रिय पुस्कारबाट सम्मान गरिने निर्णय भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस