गौहत्या गर्नेलाई गाउँपालिकाले दिने सेवा सुविधा बन्द गर्ने निर्णय

सफल खबर संवाददाता

शुक्रबार, १२ जेठ २०८०, १५ : ४२
गौहत्या गर्नेलाई गाउँपालिकाले दिने सेवा सुविधा बन्द गर्ने निर्णय

बाँके । पछिल्लो समय बाँकेको नरैनापुर गाउँपालिकामा गौ (गाई) हत्याको घटना बढ्न थालेपछि गाउँपालिकाले कडा कदम उठाएको छ ।राष्ट्रिय जनावर गौ हत्यामा संलग्न भएको पाइएमा त्यस्ता व्यक्तिलाई एक वर्षसम्म गाउँपालिकाबाट दिइने कुनै पनि सेवा सुविधा नदिने निर्णय गरिएको छ ।

आज बसेको नरैनापुर गाउँपालिकाको बैठकले गौ हत्यामा संलग्नको पहिचान गरी कडा भन्दा कडा कारवाही गर्ने निर्णय गरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए । गौ हत्यामा संलग्न भएको प्रमाणित भएमा एक वर्षसम्म गाउँपालिकाबाट प्रदान गर्ने कुनै पनि सेवा उपलब्ध नगराइने उनको भनाइ छ । यस्तै गौहत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने व्यक्तिलाई १५ हजार रुपैयाँ उपलब्ध गराउने समेत निर्णय भएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस