एमालेका प्रदेश सदस्यदेखि समाजवादीका जिल्ला सदस्यसम्म माओवादी केन्द्रमा प्रवेश

सफल खबर संवाददाता

विहीबार, ११ जेठ २०८०, १९ : २०
एमालेका प्रदेश सदस्यदेखि समाजवादीका जिल्ला सदस्यसम्म माओवादी केन्द्रमा प्रवेश

भरतपुर । नेकपा एमालेका वाग्मती प्रदेश सदस्यदेखि समाजवादीका जिल्ला सदस्यसम्म माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमालेका प्रदेश सदस्य खेम भट्ट, जिल्ला सदस्य उत्तम सुवेदी, नेकपा(एकीकृत समाजवादी)का साकार लामा र सुर्यप्रकाश लामा आज माओवादी केन्द्र प्रवेश गरेका हुन्।

कृष्णपुरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनीहरुलाई नेकपा (माओवादी केन्द्रका स्थायी समिति सदस्य नारायण दाहाल र सूर्य सुवेदीले टीका लगाएर स्वागत गरेका थिए।

नेकपा समाजवादी चितवनका सचिवालय सदस्य सकार लामा एमालेको विद्यार्थी संगठनमा लामो समय काम गरेका उनी एमाले विभाजित भएपछि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । उनी अहिले भरतपुर महानगरमा इञ्जिनियरको रुपमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस