काठमाडौँ । सरकारले बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।
रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले आज काठमाडौँ उपत्यकाका तीन जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले एक सूचना जारी गर्दै जानकारी दिएको हो।
‘विसं २०८० साल जेठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ती जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’मन्त्रालयद्धारा सूचनामा भनिएको छ।
पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ। यो जात्रा हेर्न आइतबार राष्ट्रपति रामचन्द्र पौडेल जानेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ जेठ २०८०, ०७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोली देशभर सार्वजनिक बिदा
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
बागमतीमा आइतबार सार्वजनिक बिदा
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
गर्मी बढेपछि भरतपुर महानगरपालिकाले दियो ३ दिन विद्यालयलाई सार्वजनिक बिदा
बुधवार मधेश प्रदेशमा सार्वजनिक बिदा