काठमाडौं । आगलागीको घटनापछि स्वास्थ्यलाभ गर्दै गरेका कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका छन् । भण्डारीकै इच्छाअनुसार विशेष व्यवस्था मिलाएर बैठकमा बोल्ने अवस्था बनाइएको सभामुख देवराज घिमिरेले बताएका छन् ।
एक साताअघि निवासमै पुगेर जलनबाट घाइते भएका भण्डारीलाई भेटेर स्वास्थ्यलाभको कामना गरेको स्मरण गराएका सभामुख घिमिरेले भण्डारीकै इच्छाअनुसार बुधबार सदनमा बोल्ने व्यवस्था मिलाइएको बताएका हुन् । ‘माननीय भण्डारीज्यूले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा हुने इच्छा राख्नुभएको थियो ।
उहाँको इच्छाअनुसार संसद सचिवालयलाई बोल्न विशेष व्यवस्था मिलाउन निर्देशन दिएको थिएँ,’ आफ्नो कार्यकक्षमा रहेका भण्डारीसँगको भेटमा सभामुख घिमिरेले भने, ‘आज माननीयज्यूले सदनमै आएर सम्बोधन गर्नुभएको छ । उहाँलाई सम्बोधनपछि कार्यकक्षमा नै स्वागत गर्ने र पुनः स्वास्थ्यलाभको कामना गर्ने अवसर पाइयो । पुनः माननीयज्यूको स्वास्थ्य लाभको कामना गर्दछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० जेठ २०८०, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको अवरोधबारे पाँच दलसँग छलफलमा सभामुख
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छः सभामुख घिमिरे
सभामुखसहित प्रमुख सचेतकहरूको बैठकमा भएन सहमति
विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याए क्षति न्यूनीकरण गर्न सकिन्छ : सभामुख घिमिरे
संसद्को अवरोध खोल्न सभामुख र तीन दलका प्रमुख सचेतकबिच जुटेन सहमति
सभामुख घिमिरेले तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने