चितवन । भरतपुर अस्पतालमा प्रसुती सेवा लिने महिलाले यातायात खर्च बापत दुई हजार रुपैयाँ पाउन थालेका छन् । सरकारको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका अनुसार उक्त रकम पाएका हुन् ।
भरतपुर अस्पतालले जेठ १ गतेदेखि प्रसुती लिएका महिलालाई जनही दुई हजार रुपैयाँ नगद दिन थालेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।त्यस्तै, चार वटा पूर्व प्रसुति जाँच कुनै पनि सरकारी स्वास्थ्य संस्थामा गराएको रेकर्ड भएमा थप ८०० रुपैयाँ पनि दिइने उनले बताए । उनका अनुसार अस्पतालबाट दैनिक ३० जनासम्मले प्रसुति सेवा लिने गरेका छन् ।
अस्पतालले यसअघि प्रसुती सेवा लिने महिलालाई एक हजार रुपैयाँ यातायात खर्च दिने गरेको थियो । सरकारले हिमाली जिल्लामा प्रसुति सेवा लिनेलाई तीन हजार, पहाडी जिल्ला, भित्रि मधेषका जिल्ला र काठमाडौँ उपत्यकाका जिल्लाका महिलालाई दुई हजार रुपैयाँ र तराई जिल्लाका महिलालाई एक हजार रुपैयाँ यातायात खर्च दिने निर्देशिका बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १० जेठ २०८०, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य बीमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल
भरतपुर अस्पतालमा ८९ प्रतिशत ज्येष्ठ नागरिकले बिमामार्फत सेवा लिए
भरतपुर अस्पतालले बिमाबापत्को एक अर्ब पाउन बाँकी
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित