हेटौँडा । बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ। बैठक मंगलबार दिउँसो २ बजे बस्ने तय भएको हो । आज बस्ने बैठकका लागि सोमबार बसेको प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले ६ वटा कार्यसूची तय गरेको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए।उनका अनुसार मंगलबारको बैठकमा केही प्रतिवेदन पेश हुनेछ भने आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण प्रस्तुत हुनेछ ।
बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७/०७८ को वार्षिक प्रतिवेदन, प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशवप्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले आफ्नो समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको सचिव खड्काले बताए ।
त्यस्तै बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक सर्वेक्षण २०७९/०८० पेश गर्नेछन्।बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७९र०८० को बजेट असार १ गते ल्याउने तयारी गरेको छ । भोलि अपरान्ह ४ बजे बस्ने बैठकमा सरकारको बजेट सार्वजनिक गरिने छ । उक्त बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री जम्मकट्टेलले सरकारको विनियोजन विधेयक, खर्च र आम्दानीको क्षेत्र, राजस्व नीति प्रस्तुत गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ जेठ २०८०, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता बस्ने तयारी
बागमती प्रदेशसभा बैठक सुरु
बागमती प्रदेशसभा बैठक साउन २७ गतेका लागि आह्वान
बागमती प्रदेशसभा बैठक सुरु
बागमती प्रदेशसभाको बैठक बस्दै
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने