काठमाडौं । प्रतिनिधिसभा सदस्य रघुजी पन्तले कक्षा १० को नेपाली पाठ्यक्रमबाट डा. सन्दुक रुइतको जीवनी हटाइएकोमा आपत्ति जनाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले डा. रुइतका कारण देशको इज्जत बढेको र सोहीअनुसार रुइतको जीवनी पढाउन उचित भएर पाठ्यक्रममा राखिए पनि हटाइएकाले शिक्षामन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् ।
‘कक्षा १० को नेपाली पाठ्यक्रममा डा सन्दुक रुइतकोबारेमा लेखिएको आठ पृष्ठ जीवनी पढाइ हुन्छ । त्यो पाठ्यपुस्तकबाट हटाइयो र त्यसलाई भाँचेर कता कता ६, ८ को साइन्समा केमा केमा राखियो । डा सन्दुक रुइतको जीवनी, उहाँको कारण हाम्रो देशको इज्जत बढेको छ । त्यो जीवन पढाउन आवश्यक भएर राखिएको थियो । किन त्यो जीवनी हटाइयो, यसबारे शिक्षामन्त्रीले स्पष्ट जवाफ दिन आग्रह गर्छु,’ उनले भने ।साथै सांसद पन्तले पाठ्यक्रममा कुनै दलको आन्दोलनका बारेमा समावेश गर्न नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ जेठ २०८०, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुल्यवृद्धिले सीमा नाघेको भन्दै रघुजीले सुनाए संसद्मा कविता
नयाँ नक्साबारे विदेशी मुलुकलाई गरिएको पत्राचारबारे जानकारी गराउन एमालेको माग
अर्थमन्त्रीलाई रघुजी पन्तको चेतावनी : चुरे नछुनुहोला, देशमा आगो बल्छ
नेपालको अर्थतन्त्र बिचौलिया र ठूला व्यापारीको घेराभित्र छ: रघुजी पन्त
रघुजी पन्तको प्रश्न : सांसदका प्रश्न कसले आउट गर्यो ?
भारतले नेपालमाथि ‘प्रेसर डिम्पलोमेसी’को नीति लियो : रघुजी पन्त