काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा भारतको दोश्रो जित

सफल खबर संवाददाता

मंगलबार, ०९ जेठ २०८०, ११ : १५
काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा भारतको दोश्रो जित

काठमाडौं । काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा भारतले लगातार दोश्रो खेल जितेको छ ।त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा भारतले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हरायो ।पहिलो सेट २५–१७ ले हारेको किर्गिस्तानले दोश्रो र तेश्रो सेटमा झनै फितलो प्रदर्शन गर्‍यो ।

यी दुवै सेट उसले २५–८ ले गुमायो ।समूह बीमा दाश्रो खेल जितेको भारत सेमिफाइनल नजिक पुगेको छ । उसले हिजो बंगलादेशलाई पनि ३–० को सेटमा नै हराएको  थियो । हिजो नेपालसँग हारेको किर्गिस्तानको यो लगातार दोश्रो हार हो ।नेपालले आज आफ्नो दोश्रो खेल बंगलादेशसँग खेल्दै छ ।

प्रतिक्रिया दिनुहोस