जकपुरधाम । मधेश सरकारमा आज नेपाली कांग्रेस दुई मन्त्रालय लिएर सहभागी हुँदै छ ।भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र स्वास्थ्य मन्त्रीमा वीरेन्द्रकुमार सिंह नियुक्त भएका छन् । यादव मधेश प्रदेश कांग्रेसका सभापति छन् भने सिंह कोषाध्यक्ष हुन् ।
आज दिउँसो १ बजे आफू दईजनाको शपथ ग्रहणको कार्यक्रम राखिएको नवनियुक्त मन्त्री सिंहले बताए ।उनका अनुसार कांग्रेस तत्काल २ मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ । र, पछि पुनः दुईवटा मन्त्रालय वा एक सभामुख र एक मन्त्री लिने कांग्रेसको तयारी छ ।मधेश प्रदेशम अहिले एमालेबाट रामचन्द्र मण्डल सभामुख छन् । चार वटा मन्त्रालय कांग्रेसलाई नदिए सभामुखमा उसको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ जेठ २०८०, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति
मधेशमा तत्कालीन क्याबिनेटका सबै निर्णय बदर
मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित रिट दायरका लागि सर्वोच्चमा
मधेश सरकारबाट समर्थन फिर्ता लिने एमालेको तयारी
मधेश सरकारबाट कांग्रेसको समर्थन फिर्ता