काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सांसद रघुजी पन्तले नेपालको अर्थतन्त्र बिचौलिया र सीमित ठूला व्यापारीको घेराभित्र रहेको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
बैठकमा बोल्दै पन्तले भने, ‘कमिसन एजेन्ट र केही प्रमुख व्यापारिक घरानाहरूको दबाब र प्रभावबाट अर्थतन्त्रलाई मुक्त गर्नु पर्ने आजको आवश्यकता रहेको छ । नेपालको अर्थतन्त्रलाई बिचौलियाहरूको हातबाट मुक्त गर्ने हो ।’
बीमाको लाइसेन्स, ब्रोकरको लाइसेन्स, विद्युत् आयोजनाको लाइसेन्सदेखि सेनाको हतियार खरिदमा समेत बिचौलियाहरू निर्णायक हुने गरेको उनले बताए । त्यस्तै, कसलाई कहाँ पठाउने पर्यो भनेर सबैभन्दा पहिला बिचौलियाहरूले निर्णय गर्ने गरेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ जेठ २०८०, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त
सरकारको हात नबाधौं, निजामती विधेयक पारित गरौं : रघुजी पन्त
राजाको पालादेखि अहिलेसम्म उस्तै रूपमा सुन तस्करी भइरहेको देखिन्छ: रघुजी पन्त
पर्फमेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न आवश्यक छैन : रघुजी पन्त
अहिले विद्यार्थीलाई केआईआईटीमै पठाउन उचित हुन्छ : रघुजी पन्त