नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका दुई सांसदकाे संशोधन प्रस्ताव

सफल खबर संवाददाता

आइतबार, ०७ जेठ २०८०, १५ : ४२
नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका दुई सांसदकाे संशोधन प्रस्ताव

काठमाडौँ । सङ्घीय सांसद गत शुक्रबार प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममाथि सत्तारुढ दल नेपाली कांग्रेसका दुई सांसदले संशोधन प्रस्ताव दर्ता गरेका छन्।

सांसद श्यामकुमार घिमिरे र दीलेन्द्रप्रसाद बडूले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गरेका हुन् । सरकारका तर्फबाट संसद्मा प्रस्तुत भएको नीति तथा कार्यक्रममा सत्तारुढ दलका सांसदले संशोधन प्रस्ताव गर्ने चलन नभए पनि आफूले भने केही छुट विषय समेटेर यस्तो प्रस्ताव दर्ता गरेको सांसद घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस