काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद शोभिता गौतमले विद्युतीय सवारी साधनको प्रयोगका लागि प्रोत्साहन गर्न ठाउँ–ठाउँमा चार्जिङ स्टेशन निर्माण गर्नेगरी नीति ल्याउन सरकारसँग माग राखेकी छिन् । आइतबार संसदमा जारी आर्थिक वर्ष २०८०/८१ को बजेटको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै सांसद गौतमले सवारीसाधन पार्किङस्थल, होटल, रेष्टुरेन्ट तथा राजमार्गका ठाउँ–ठाउँमा चार्जिङ स्टेशन राख्नेगरी नीति बनाउन सरकारसँग आग्रह गरेकी हुन् ।
साथै, सांसद गौतमले नीति तथा कार्यक्रममार्फत कृषि उत्पादन र बजारीकरणलाई विशेष प्राथमिकता दिँदै अदुवा, अलैंची, लसुनजस्ता उत्पादनलाई नीति तथा कार्यक्रममा नै उल्लेख गरेर प्रोत्साहन गरिनुपर्ने बताइन् । बजेटमा यस्तो गरिनेछ हुनेछ भन्ने जस्ता शब्दको ठाउँमा गर्छौं भन्ने प्रतिवद्धता आउनुपर्ने उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ जेठ २०८०, १५ : ०६
लेखकबाट थप