चितवनका उत्तम जोशी बने बागमती प्रदेशको स्वास्थ्य मन्त्री

सफल खबर संवाददाता

आइतबार, ०७ जेठ २०८०, १३ : २४
चितवनका उत्तम जोशी बने बागमती प्रदेशको स्वास्थ्य मन्त्री

चितवन। चितवन क्षेत्र नं.२ (ख)बाट निर्वाचित सांसद उत्तम जोशी बागमती प्रदेशको स्वास्थ्य मन्त्री बनेका छन् ।मुख्यमन्त्री शालिकराम जमरकट्टेलले आज मन्त्रीपरिषद् विस्तार गरेका छन् । आजै नवनियुक्त मन्त्रीहरुले सपथ ग्रहण गर्ने छन् । माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जमरकट्टेलले कांग्रेसबाट थप मन्त्रीहरु नियुक्त गरेका हुन्।

स्वास्थ्य मन्त्री बनेका जोशी चितवन कांग्रेसका निवर्तमान सचिव हुन् । उनी युवा पुस्तामा लोकप्रिय नेतामा पर्छन् । जोशी प्रखर वक्ताको साथै निडर स्वभावका छन् । सांसदमा निर्वाचित भएलगत्तै जोशी अलपत्र परेका विकास निर्माणको निरन्तर अनुगमन, निरीक्षण गर्दै समयमै सम्पन्न गर्न दवाब दिँदै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस