स्रष्टा खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ लोकार्पण

सफल खबर संवाददाता

आइतबार, ०७ जेठ २०८०, ११ : ५८
स्रष्टा खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ लोकार्पण

काठमाडौँ । साहित्यकार खेमनाथ दाहालको ‘अहोरात्र’ उपन्यास कृति लोकार्पण गरिएको छ । शनिबार काठमाडौँमा एक विशेष समारोहबीच दाहालको पछिल्लो कृति अहोरात्र’ लोकार्पण गरिएको हो । 

सो समारोहका प्रमुख अतिथि लेखक, इतिहासकार एवं पूर्वराजदूत निरञ्जनमान सिंह बस्न्यात, विशिष्ट अतिथि साहित्यकार प्राडा खेम कोइराला बन्धु, वरिष्ठ पत्रकार प्रा पुरुषोत्तम दाहाल, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, अहोरात्रका लेखक स्रष्टा खेमनाथ दाहाल, स्रष्टा दाहालकी धर्मपत्नी उषा दाहाल, रमेश दाहाल, मिलापका प्रधान सम्पादक कृष्ण भुसाललगायतले उक्त कृतिको संयुक्त रुपमा लोकार्पण गरेका हुन् । 

कृष्ण भुसालको सभापत्विमा आयोजित सो कार्यक्रम नवराज सुवेदी मुनले सहजीकरण गरेका थिए भने कृतिका सम्पादक रमेश दाहालले स्वागत मन्तव्य राखेका थिए । कृतिको समीक्षात्मक टिप्पणी गर्दै साहित्यकार सन्तोष श्रेष्ठले स्रष्टा दाहालको कृति अमेरिकी बसाइमा आएको यथार्थपरक उपन्यास रहेको बताए । 

समालोचक एवं साहित्यकार डा शान्तिमाया गिरीले यस उपन्यासमार्फत पूर्वीय धर्म–दर्शनभित्रको ज्ञानलाई प्रवाहित गर्न स्रष्टा दाहाल सफल भएको धारणा राखिन् । साहित्यक पत्रकार सङ्घका अध्यक्ष लेकालीले सो उपन्यास अमेरिकी समाजको यर्थाथपरक दस्तावेज भएको टिप्पणी गरे । उनले अमेरिकी नेपालीको जीवन चित्रलाई कृतिमार्फत दाहालले उजागर गरेको बताए । समारोहमा स्रष्टा समाजका अध्यक्ष श्रीओम रोदनले दाहालका यसअघिका कृति जस्तै यो उपन्यास पनि विशेष रहेको चर्चा गरे । 

बालसाहित्य समाजका अध्यक्ष एवं वरिष्ठ समालोचक प्रमोद प्रधानले दाहालको यसअघिको महाकाव्य ‘स्वेतपत्र’का बारे र उहाँका अन्य कृतिका बारेमा चर्चा गर्दै उपन्यास ‘अहोरात्र’ पनि विशेष रहेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस