काठमाडौ । देशभरको मौसममा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अहिले बिहानपख देशभर आंशिक बदली रहेको वरिष्ठ मौसमविद् वरूण पौडेलले जानकारी दिए।
दिउँसोपख कोशी, मधेश, बागमती, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था नै देखिने उनले बताए।
बाँकी भूभागमा पनि आंशिक बदलीदेखि मौसम सामान्यतया सफा नै रहने उनले बताए।
अपराह्नतिर कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा हुने उनले बताए।
कोशी प्रदेशका तराई भूभाग र मधेश प्रदेशको केही स्थानमा हावा–हुरीको समेत सम्भावना रहेको उनले बताए।
राति देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा पूर्वानुमान गरिएको छ।
कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको पनि पौडेलले बताए
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ जेठ २०८०, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : सातै प्रदेशमा असिनासहित वर्षाको सम्भावना