काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि बस्ने प्रतिनिधिसभा बैठकको सुरुवातमै आफ्ना विचारहरु राख्ने बताएका छन् । शनिबार एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले भोलि बस्ने प्रतिनिधिसभा बैठकको सुरुमा एमाले संसदीय दलको तर्फबाट विचारहरु प्रस्तुत गर्नेबारे सांसदहरुलाई जानकारी गराएका हुन् ।
उनले भने– ‘मैले भोलि केही कुराहरु राख्नेछु । ११ बजे छलफल सुरु हुन्छ प्रारम्भमै मैले हाम्रो संसदीय दलको तर्फबाट विचारहरु प्रस्तुत गर्नेछु । त्यसमा अलि समग्र कुराहरु अलि बढी राजनीतिक कोणबाट पनि आउनेनै छन् ।’उनले हिजो राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम आएको बताउँदै यो पञ्चवर्षीय योजनाका रुपमा आउनुपर्नेमा जोड दिए । उनले अहिलेको सरकारले दिगो विकासको गन्तब्यमध्ये यो वर्ष के–के काम गर्ने यो वर्षको नीति तथा कार्यक्रममा आउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ जेठ २०८०, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोरङमा आफू समर्थक उम्मेदवार हराउने ढकाललाई ओलीले भेटे
अमेरिका भ्रमण उपलब्धिमूलक भयो: प्रधानमन्त्री ओली
एमाले बैठकमा ओलीले उठाएका पाँच सवाल
संविधान संशोधनका बिषयमा भ्रम फैलाइयो : प्रधानमन्त्री ओली
एमालेमा कुनै पनि किसिमको गुटबन्दी स्वीकार्य छैन : अध्यक्ष ओली
एमाले कांग्रेसबिच संविधान संशोधनका लागि आयोग बनाउने सहमति भएको छैन : अध्यक्ष ओली