काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोसिस भइरहेको बताएका छन् । शनिवार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघको पदास्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकथरि मान्छेहरू परिवर्तनलाई उल्ट्याउने र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोसिस गरिरहेको बताएका हुन् ।
'देशमा एकथरी मानिसहरू नेपाली जनताले झन्डै ७ दशक बढी संघर्ष गरेर प्राप्त परिवर्तनलाई उल्ट्याउने र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोसिस गरिरहेका छन्,' उनले भने, 'त्यसो हुँदा १२ बुँदे समझदारी हुँदै विस्तृत शान्ति सम्झौता र संविधानको घोषणामा एकसाथ उभिएका दलहरू फेरि एक ठाउँ उभिनुपर्ने स्थिति आउनसक्छ भनेर हामी बसेका हौँ ।’प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणको तयारी नयाँ रेकर्ड बनाउनेगरी हुन लागेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ जेठ २०८०, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड