चर्च ब्वाइज युनाइटेडलाई ४ अंकको अग्रता

सफल खबर संवाददाता

शनिबार, ०६ जेठ २०८०, ०६ : ५२
चर्च ब्वाइज युनाइटेडलाई ४ अंकको अग्रता

काठमाडौ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै शहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा स्थानमा रहेको चर्च ब्वाइज युनाइटेड क्लबले अंक तालिकामा ४ अंकको अग्रता लिएको छ। 

शुक्रबार दशरथ रंगशालामा शुक्रबार भएको खेलमा चर्च ब्वाइजले पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्यो। 

चर्च ब्वाइजको जितमा पहिलो हाफमा मिलन राईले गरेको गोल नै निर्णायक बन्यो। 

मिलनले पहिलो हाफको इन्ज्युरी समयमा कमल श्रेष्ठको कर्नरमा मिलनले हेडर गोल गर्दै चर्च ब्वाइजलाई सुरुवाती अग्रता दिलाएका थिए। 

जितसँगै चर्च ब्वाइजले शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ। चर्च ब्वाइजको १९ खेलबाट 
३६ अंक जोडेको छ। समान खेलबाट ३२ अंक जोडेको जावलाखेल युथ क्लब दोस्रो स्थानमा छ। 

आजै भएको अर्को खेलमा हिमालयन शेर्पा क्लबले नेपाल एपिएफ फुटबल क्लबलाई ३–२ ले पराजित गर्यो।

प्रतिक्रिया दिनुहोस