काठमाडौं । आइएमई इण्डिया प्रालि ले भारतको राजधानी नयाँ दिल्ली स्थित कनॉट प्लेस–बार्हखम्बा रोडमा नयाँ शाखा विस्तार गरेको छ । भारतका लागि नेपाली राजदुत डा.शंकर प्रसाद शर्माले सो शाखा उदघाटन गरेका हुन । आइएमई इण्डियाले नयाँ शाखा मार्फत बिदेशी मुद्रा सटही र आईडीएफसी बैंक सँगको सहकार्यमा इण्डो–नेपालक्रस बोर्डर मनी ट्रान्सफरको सेवा उपलब्ध गराउने छ ।
शाखा उद्घाटन गर्दै राजदुत डा.शंकर प्रसाद शर्माले नयाँदिल्ली सहरको मुटु रहेको कनॉट प्लेसमा नयाँ कार्यालय शाखा खोलेकोमा आइएमई इण्डियालाई बधाई दिदै नयाँ शाखामार्फत हुने कारोबारले दिल्लीमा रहेका नेपाली र भारतीयहरुलाई रेमिट्यान्स सेवा तथा इण्डो–नेपालक्रस बोर्डर मनी ट्रान्सफर गर्न मद्दत पुग्ने विश्वास लिएको बताए ।
सो अवसरमा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले यो सेवालाई भारतका अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने योजना रहेको बताए । यसबाट भारतमा रहेका नेपालीहरुलाई सुरक्षिततथा छिटो रकम पठाउन सहयोग पुग्ने पनि प्रबन्ध निर्देशक ढकालले उल्लेख गरे ।
शाख विस्तार समारोहमा दिल्ली स्थित नेपाली दूतावासका उच्च अधिकारीहरु र आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालसहित आइएमई इण्डियाको सञ्चालक समितिका पदाधिकारी तथा व्यवस्थापनका उच्च अधिकारी सहित सो क्षेत्रमा रहेका नेपालीहरुको समेत उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ जेठ २०८०, १५ : ५७
लेखकबाट थप